आइएमई ट्राभलले १४औँ वार्षिकोत्सव मनायो

अर्थ/वाणिज्य

2/4/2020

काठमाडौं, २१ माघ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ ।

सेवाग्राहीमुखी योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रागर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रातखाने–बस्ने सहितको सुबिधा निःशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशूल्क उपल्ब्ध गराइनेछ ।

उक्त योजना यहीं फेब्रुअरी, मार्च र अप्रिलभर लागु हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वार्षिकोत्सव आज लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो ।

आइएमई ट्राभलले पर्यटन क्षेत्रको समग्र बिकासका लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो ।

उक्त्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायी मित्रहरुलाई पर्यटन विकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गरे ।

नेपालका विभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न ब्यबसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

उक्त अबसरमा आइएमई ट्राभल्सले पर्यटन बिकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन बिकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जनाएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्घन र बिकासका लागि बिभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ आगामी बढ्ने कुरा आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ