नेपालगञ्ज, १८ फागुन । एनआईसी एसिया बैंकले बाँकेको ग्रामीण तथा दुर्गम क्षेत्रमा शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ । उक्त क्रममा बैंकले बाँकेको खजुरा गाउँपालिका–४, ई गाउँ चोकमा आफ्नो ५४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
स्थानीयवासीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाजस्तै टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकम जानकारी र सङ्क्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया