एनएमबी बैंकद्वारा ‘एनएमबी सापटी’ कर्जा

अर्थ/वाणिज्य

11/3/2020

काठमाडौं, १८ कात्तिक । एनएमबी बैंकले सापटी कर्जा सुरु गरेको छ । यो कर्जा बैंकसम्म नधाईकनै मोबाइल एपको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।

बैंकले आफ्ना ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न बिनाधितो प्रदान गरिने यो व्यक्तिगत कर्जा रहेको जानकारी दिएको छ ।

यो कर्जा बैंकमा तलब खाता भएकालाई एक लाख रुपैयाँसम्म प्रदान गरिने बैंकले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ