एनबीआईमा कुशकुमार जोशी अध्यक्षमा चयन

अर्थ/वाणिज्य

1/12/2020


काठमाडौं, २७ पुस । एनबीआईको १३औं वार्षिक साधारणसभाबाट कुशकुमार जोशी अध्यक्षमा चयन भएका छन् । राष्ट्रिय व्यावसायिक पहल( एनबीआई) को अध्यक्षमा कुशकुमार जोशी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि जोशी उपाध्यक्ष थिए ।

जोशी नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्षसमेत हुन् । संघको संस्थापक निवर्तमान अध्यक्षमा पद्य ज्योति, उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रबीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा चयन भएका छन् । संघको सचिवद्ववमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने, सहकोषाध्यक्षमा विनायक शाह चयन भएका छन् ।

संघको सदस्यहरुमा सरोजप्रसाद पाण्डे, उमेशलाल श्रेष्ठ, राजेश खड्का, रवीन्द्रमान सिंह, अरनिको राजभण्डारी, लता प्याकुरेल, डा.बबीन पोखरेल, डा. राजेन्द्र घिसिङ, मुकेशकुमार भट्टराई उपाध्यक्ष, सुधिर मित्तल, खेम लकाई, होमनाथ उपाध्यक्ष, अशोक वैद्य, रमेश महर्जन चयन भएका छन् ।


राष्ट्रिय व्यावसायिक पहलमा मुलुमभरका ५० भन्दा बढी महासंघ, संघ र ७० भन्दा बढी प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरु सदस्य रहेका छन् । साधारणसभाले विधान संशोधन गरी संस्थालाई पुनसंरचना गर्दै सातैवटा प्रदेशमा समिति गठनको निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ