काठमाडौं, १५ फागुन । एनसेल प्राइभेट लिमिटेडले ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ ।
यस अफरअन्तर्गत ग्राहकले १०० रुपैयाँ र त्योभन्दा माथिको प्रत्यक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गर्न सक्नेछन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेदेखि दिउँसो ३ बजेभित्रको समयमा लागू हुने कम्पनीले जनाएको छ र फागुन १५ देखि लागू हुने योजना अन्तर्गत कम्पनीका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्रि कुरा गर्न सक्नेछन् ।
उक्त अफरबाट फाइदा लिन ग्राहकले एस्ट्रिक्स १७१०६ ह्यास डायल गरी आफूलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुर्ई सय, तीन सय, पाँच सय र हजार रुपैयाँको रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४, २१, ३० र ६० दिनका लागि लिन सक्ने उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया