काठमाडौं, १८ मंसिर । ओयो होटेल्स एन्ड होम्स, होटेल्स तथा भ्याकेसन घरको विश्वव्यापक एक अग्रणी श्रृंखलाले भारत तथा दक्षिण एसियाको होटेल्स र आवास व्यवसायका हालका सीईओ आदित्य घोषलाई कम्पनीको बोर्ड अफ डाइरेक्टरमा बढुवा गरेको घोषणा गरेको छ ।
आदित्यले ओयो होटेल्स एन्ड होम्सका संस्थापक तथा ग्रुप सीईओ रितेश अग्रवाल, बाजा कर्पोरेसनका संस्थायक तथा सीईओ बेट्सी एटकिन्स र अन्य उद्योग विशेषज्ञ जस्तै मुनिष वर्मा, प्रबन्ध पार्टनर, सफ्टबैंक भिजन फन्ड, बेजुल सौम्या, पार्टनर, लाइटस्पिड इन्डिया पार्टनर एड्भाइजर, मोहित भटनागर, प्रबन्ध निर्देशक, सिकोया क्यापिटल इन्डिया एड्भाइजर र अन्यको बीचमा शक्तिशाली, विविध र वास्तवमै विश्वव्यापी संयोजन बनाउने बताइएको छ ।
ओयोले निरन्तर संस्थागत सुशासनलाई सुद्दढ पार्न लगानी गरिरहेको छ । याहु र इबेमा यस अघि लगानी गरिसकेका बेट्सी एटकिन्सलाई हालै स्वतन्त्र निर्देशक र सफलतापूर्वक सार्वजनीक कम्पनी सञ्चालनमा अनुभवि आदित्यलाई बोर्डमा आएपछि उनको अनुभव र कार्यक्षमताले कम्पनी लाभान्वित हुने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया