काठमाडौं, ४ चैत । कुमारी बैंक र हेरिटेज होटल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा छुट दिने विषयमा सम्झौता भएको छ ।
कुमारी बैंकका डेबिट र क्रेडिट कार्डवाहकले मात्रै छुट पाउनेछन् । ती कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत खानपान लगायतमा १५ प्रतिशतसम्मको छुट प्राप्त पाउने बैंकले बताएको छ ।
यो बैंकको १२४ शाखा संजाल १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुबिधा दिँदै आएको कुमारीले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया