काठमाडौं, २९ साउन । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणालीमार्फत भर्न सक्ने व्यवस्था गरेको छ ।
यसका साथै ग्राहकहरुले आफ्नो credit limit बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् ।
क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइट www.globalimebank.com मा गई आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले समय सापेक्ष रुपमा यस्ता प्रविधिहरु मार्पmत ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस्तो प्रकारको योजनाहरु ल्याउने गरिरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया