कैलाश विकास बैंकको सहयोग कास्की शाखामा

अर्थ/वाणिज्य

1/28/2020

काठमाडौं, १४ माघ । कैलाश विकास बैंकले कास्की शाखामा सहयोग उपलब्ध गराएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई सोमबार व्यवस्थापनका राहत सामाग्री त्रिपाल प्रदान गरेको छ । यसबाट आकस्मिक रुपमा विपद्मा परेका समुदायलाई केही मात्रामा भए पनि राहत हुने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

बैंकले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत त्रिपाल सहयोग गरेको जनाएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका पदाधिकारी तथा कैलाश विकास बैंकको कर्मचारीको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ