काठकाडौं, ६ माघ । कृषि विकास बैंक ५३औं वर्षमा प्रवेश गरेको छ । ‘कृषकलाई नछोड्ने, अरुलाई जोड्ने’ अभियानमा बैंक क्रियाशील छ ।
बैंकले साना किसान विकास आयोजनामार्फत सामूहिक कर्जा प्रदान गर्दै आएको छ । बैंकले दुई दशकयता दातृ निकायलगायतको सहयोगमा वित्तीय सेवाका साथै उपकरण, यान्त्रीकरण, क्षमता अभिवृद्धि, विकास परियोजना सञ्चालन गर्दै आएको छ ।
निक्षेप कारोबार, कर्जा तथा जमानत, फयाक्स कारोबारसहितको बैंकका रुपमा स्थापित भइ बैंकको शाखा सञ्जाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आवद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दै आएको छ ।
बैंकको पुनसंरचनाका लागि एसियाली विकास बैंकको ऋण तथा प्रविधि सहयोगमा २०६३ सालमा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बनधी ऐन अन्तर्गत ‘क’ वर्गको राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४१ प्रतिशतको सेयरमा बैंक सञ्चालित छ ।
तपाईको प्रतिक्रिया