वीरगन्जमा गरिमा बैंकको शाखा

अर्थ/वाणिज्य

5/16/2019

काठमाडौं, २ जेठ । देशको मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा गरिमा बैंकले शाखा विस्तार गरेको छ । गरिमा विकास बैंक लिमिटेडले बुधवार वीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन वीरगञ्ज महा–नगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाइसकेको र आगामी दिनमा शाखा विस्तारको क्रमलाई तिव्रता दिने एंव ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक प्रतिबद्ध रहने जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन विक्रम थापा, वीरगञ्ज नगरपालिका–८ का वडाध्यक्ष राजकिशोर गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष गोपाल केडियालगायतले आफ्नो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ