ग्लोबलआइएमई बैंकद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना

अर्थ/वाणिज्य

1/25/2020

काठमाडौं, ११ माघ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमावित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ ।

बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार÷प्रसारसम्बन्धी विभिन्न सन्देशमूलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हँुदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्मसाइकल ¥यालीको आयोजना गरेको थियो ।

¥यालीमा १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । ¥याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरता सम्बन्धी मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ