ग्लोबल आइएमइको दोस्रो त्रैमाससम्म खुद मुनाफा २ अर्ब १४ करोड

अर्थ/वाणिज्य

2/9/2020

काठमाडौं, २६ माघ । ग्लोबल आइएमई बैंक लि. ले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्ब १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लि.को २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ ।

ग्लोबल आइएमई बैंक लि. र जनता बैंक नेपाल लि. एकआपसमा गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो ।

मर्जर पश्चात् ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पूँजी रु. २४ अर्व ८७ करोड, कुल पूँजी रु. २८ अर्व १६ करोड, कुल निक्षेप रु. २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी रु. १ खर्व ९८ करोड भन्दा बढी पुगेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाईसेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९शाखारहित बैंकिङ्ग सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखासहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ