काठमाडौं, ८ भाद्र । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा तीन दिनभित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको तीन दिनभित्र विना झन्झट आकर्षक ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
लक्षित ग्राहकहरुले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाखदेखि रु ६ करोडसम्म ऋण उपलब्ध गराइने छ ।
तपाईको प्रतिक्रिया