काठमाडौं, ३ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता थप २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको इटहरी, खनार र नवलपरासी र्बदघाट सुस्ता—पश्चिमको सरावल गाउँपालिकामा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पुर्ण बंैकिङ सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो ।
बैंकले प्रेस विज्ञप्ति जारी गर्दै सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले यो सेवा विस्तारमा ल्याएको हो । बैंकले अहिले सम्म २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ सेवा सञ्चालित गरेको छ ।
तपाईको प्रतिक्रिया