काठमाडौं, ६ असार । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सिरहा जिल्लाको सिराहा नगरपालिका– १९ सन्हैठाचोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्सा जिल्लाको पर्सागढी नगरपालिका– १ मनवा बजार, पर्वत जिल्लाको मोदी गाउँपालिका – ७ राम्जा ठाँटी, परासी जिल्लाको सुनवल नगरपालिका – ११ जर्गाहा, संखुवासभा जिल्लाको चैनपुर नगरपालिका – ११ लोहाकोट, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका – ५ वीरकोट, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका – १४ पराल्मी, मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका – १० चाँदनीचोक एव्म बेलबारी नगरपालिका – ११ लक्ष्मीमार्ग, झापा जिल्लाको मेचीनगर नगरपालिका – २ भृकुटी चोक, तनहूँ जिल्लाको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका – ९ हडियाबजार, तनहूँ जिल्लाको व्यास नगरपालिका – ५ नेपालटार, चितवन जिल्लाको इच्छा कामना गाउँपालिका– ७ भालुमारे, चितवन जिल्लाकै कालिका नगरपालिका – ९ शक्तिखोर र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका – ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यी १७ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् ।
थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ । यसका साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंजस्थित नारायणी सब रिजनल अस्पताल परिसरमा ए.टि.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया