काठमाडौं, १६ मंसिर । ग्लोबल आइएमई बैंक लि. र रुपाकोट रिर्सोट प्रा.लि.बीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रा.लि.कासेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
तपाईको प्रतिक्रिया