चिनियाँ पर्यटकको विकल्प खोजिँदै

अर्थ/वाणिज्य

2/26/2020

काठमाडौं, १४ फागुन । नेपाल भित्रिने पर्यटकको संख्या फेबु्रअरीमा २० प्रतिशतले घट्ने देखिएको छ । कोरोनाको संक्रमण फैलिएको झण्डै २ महिना बित्न लाग्दा पनि नियन्त्रणमा आउन नसकेका कारण पर्यटक घट्ने सम्भावना देखिएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरीमा कम्तीमा २० प्रतिशतले पर्यटक आगमनमा कमी आउनेछ ।

त्यसो त जनवरी, फेबु्रअरी महिना पर्यटन क्षेत्रका लागि अफ सिजन भए पनि चिनियाँ नयाँ वर्षका कारण पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको थियो ।

चीनबाट आउने पर्यटकको संख्यामा कमी आएसँगै नेपाल अहिले घुमफिर गर्न पर्ख र हेरको स्थितिमा छ । राष्ट्रिय संकट घोषणा गरेका कारण पनि चीनबाट पर्यटक घटेको हो ।

पर्यटक भित्रिने संख्यामा ह्रास आएसँगै होटल व्यवसायले पर्यटक आकर्षणका वैकल्पिक मार्ग अपनाउनु पर्नेमा जोड दिएका छन् ।

चीन सरकारले नै आफ्ना नागरिकलाई घुमफिर गर्न रोक लगाए पनि नेपालको दोस्रो ठूलो पर्यटन बजार चीनबाट पर्यटक आगमन घटेको छ । तर, सम्भावित अन्य पर्यटन बजारमा जानुपर्ने बताइएको छ ।

चीनबाट बुकिङ रद्द भइरहेको भए पनि अन्य मुलुकबाट बुकिङ रद्द नभएको एक व्यवसायीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ