चीनले नाका नखोल्दा व्यवसायीहरु विस्थापित

अर्थ/वाणिज्य

1/8/2020

काठमाडौं, २३ पुस । चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका बन्द भएको ४ वर्ष बित्यो । २०७२ सालमा भुकम्पका कारण देखाउदै एकाएक चीनियाँ पक्षले ४ वर्षअघि सो नाकाबाट हुने भन्सारबाट हुने सवै कारोबार ठप्प बनायो ।

नाका बन्द गरेलगत्तै चीनियाँ पक्षबाट रसुवागढीको केरुङ नाका सञ्चालन ल्याएसँगै अधिकाशं व्यवसायीहरु विस्तापित भए भने बजारमा उपभोग गर्दै आएको चीनियाँ सामानको अत्याधिक मुल्य समेत बृद्धि हुन पुग्यो ।

पछिल्लो समयमा नेपालमा आयाति सामानको मुल्यबृद्धि हुनुमा भन्सार दरमा परिमार्जन र अर्को ढुवानी भाडा मंहगो परेको सम्बन्धित नाकाबाट व्यवसाय गर्ने व्यवापारीहरुको भनाई छ । हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल तातोपानी भन्सार नाका बन्द हुदा व्यवसायीहरु विस्थापित भएको बताउँछन् ।

अध्यक्ष पौडेलका अनुसार चीनको खासाको जाङ्बुदेखि काठमाडौंसम्म १२० किलोमिटर रहेको र चीनदेखि काठमाडौंसम्म १५ दिनमा सामान आईपुग्ने गरेकोमा अहिले केरुङ नाकाबाट काठमाडौं आउन २२५ किलोमिटर पार गरेर २२ दिनमा सामान काठमाडौं आईपुग्ने गरेको छ ।

तातोपानी नाका हुँदै सामान आयात गर्दा ४ लाख प्रति गाडी भाडा लाग्थ्यो । अहिले केरुङदेखि काठमाडौंसम्ममा ल्याउनुपर्दा भाडा ५ लाख ५० हजार रुपैयाँ पर्ने गरेको अध्यक्ष पौडल बताउँछन् ।

नेपाल सरकारका अधिकारीबाट चीनलाई पटकपटक आग्रह गरेपनि तातोपानी भन्सार नाकाभने सञ्चालनमा आउन अझै सकेको छैन ।

भूकम्पपछि भौगोलिक कारण खतरा रहेको भन्दै चीनले खासाबाट आफ्नो भन्सार कार्यालय हटाएको छ भने त्यहाँको मानवीय बस्ती नै स्थानान्तरण गरेर अन्यत्र लगेका कारण अहिले सो नाका सुनसान रहेको समाचार रिपोर्टर्स नेपालले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ