काठमाडौं, ५ माघ । सन्राइज बैंकले भ्याली एक्सप्रेस रेस्टुरेन्टसँगको सहकार्यमा ग्राहकलाई १० प्रतिशत छुट योजना ल्याएको छ ।
यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले आफ्नो डेबिट÷ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाइल बैंकिङको प्रयोग गरी क्युआर पेयमेन्टमार्फत भ्याली एक्सप्रेस रेस्टुरेन्को बिल रकमको १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन् ।
योजना अनुरुप सन्राइज बैंकका ग्राहकले दुई महिनासम्म बालाजु, महाराजगञ्ज, न्युरोड, सिनामंगल र भरतपुरस्थित शाखाबाट १० प्रतिशत नगत छुट प्राप्त गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया