काठमाडौं, २५ पुस । जागेश्वर भुस्कुलियाले सिटी एक्सप्रेसले सञ्चालन गरेको प्रवद्र्धनात्मक कायक्र्रम ‘ लखपति एक्सप्रेस २०७६—न यति न उति सीधै लखपति’ योजनामा १० लाख रुपैया जितेका छन् ।
यादवले योजनाअन्र्तगत साउदी अरबको नेसनल बैंक—टेलीमनीबाट पैसा पठाएर बम्पर उपहार जितेका हुन् ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा आयोजित एक कार्यक्रमबीच सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द टन्डनले लक्की ड्रमार्फत विजेता घोषणा गरेको कम्पनीले जनाएको छ ।
१ असोजदेखि ३० मंसिरसम्म सञ्चालित योजना अवधिभर दैनिक उपहारअन्र्तगत ९ सयले २ सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रुपमा १२ जना विजेताले १० हजार रुपैयाँ नगद र ३ जनाले एक लाख रुपैयाँको दरले नगद पुरस्कार प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
सबै उपहारका लागि विद्युतिय लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो ।
तपाईको प्रतिक्रिया