जनकपुरधाम, २५ पुस । जनकपुरधामस्थित जानकी फाइनान्स कम्पनीकोे २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले आव ०७५।०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितको वासलात तथा नाफा—नोक्सान हिसाब र नगद प्रवाह वितरणलगायत वित्तीय विवरण पारित गरेको छ ।
कम्पनीका अध्यक्ष रघुनाथप्रसाद साहले २२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्नुभएको छ । साथै, सभाले लेखापरिक्षकको नियुक्ति गर्ने, संस्थाको कारोबार क्षेत्र ३ जिल्लाबाट विस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने र उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने—गाभिने वा प्राप्ति गर्न —गराउनेसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।
तपाईको प्रतिक्रिया