टिकट रद्द गरे भाडा फिर्ता गछौं : बुद्ध एयर

अर्थ/वाणिज्य

3/3/2020

काठमाडौं, २० फागुन । नेपालको नीति स्तरको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बूद्ध एयरले कोरोना भाइरसको मूख्य लक्षण रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउने आग्रह गरेको छ ।

यस्तो लक्षण देखिएका व्यक्ति हवाईजहाज र विमानस्थलमा नआउन आहृवान गर्दै कम्पनीले बरु यात्रा रद्द गर्न सुझाव दिएको छ ।

टिकट रद्द गरेवापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ । ‘कोरोना भाइरसको प्रकोप संसारभरी नै फैलिरहेको छ,’ कम्पनीले भनेको छ, ‘यसका लागि हामी सबैले सावधान अपनाउनै पर्छ, तसर्थ कोरोनाको मूख्य लक्ष्य रुघाखोकी तथा ज्वरो आएका व्यक्ति र आफन्तजनले हवाई यात्रा तथा विमानस्थलमा नगइदिनुहुन अनुरोध गर्दछौं ।’

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ