काठमाडौं, २५ पुस । टाटा मोटर्सको जनवरी फेस्ट आजदेखि सुरु भएको छ । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जनवरी २०२० को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
१० देखि १२ जनवरी( २५ दखि २७ पुस) सम्म थापाथलीस्थित टाटा मोटर्स सोरुममा कार्यक्रम गर्न लागेको बताइएकोे छ । कार्यक्रममा सहभागी ग्राहकले टाटाका नयाँ उत्पादन एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनआरजीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, कार्यक्रम अवधिभर जुनसुकै ब्राण्डका गाडीको एक्सचेन्जमा १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, टेस्ट ड्राइभमा आकर्षक उपहार तथा गाडिको खरिदमा एक जोडीलाई सिंगापुर क्रुज टुरको व्यवस्था गरेकोसमेत कम्पनीको भनाइ छ ।
तपाईको प्रतिक्रिया