काठमाडौं, १८ मंसिर । नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मुद्रास मोटर रेस ट्रयाकमा टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएका छ ।
रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीले उक्त रेस ट्रयाकमा टीभीएस मोटरसाइकल कुदाएर अविस्मरणीय अनुभव संगालेका छन् ।
अपाचे रेस ट्रयाक एक्सपिरिएन्सका लागि २५ जना प्रतियोगीलगायत टीभीएसको व्यवस्थापन टोली नेपालबाट मंसिर १४ गते मद्रासका लागि प्रस्थान गरेका थिए ।
मंसिर १५ र १६ गते गरी लगातार दुई दिनसम्म चलेको यस कार्यक्रम मंसिर १७ गते सम्पन्न भएको थियो । गत वर्ष पनि टीभीएस मोटर्सले राइडरलाई केन्द्रित गरी यस्तै किसिमको कार्यक्रम आयोजना गर्न सफल थियो ।
यस वर्ष पनि आयोजित कार्यक्रमको सफलतापछि आभार प्रकट गर्दै जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले ‘नेपालका बाइक राइडरले पनि अन्तर्राष्ट्रिय प्लेट फर्ममा आफ्नो क्षमता, दक्षता एवं अनुशासन प्रदशृन गर्न पाउँदाको यो क्षण उनका लागि मात्रै अविस्मरणीय नभई जगदम्बा मोटर्स परिवारका लागि पनि गरिमामय बन्न पुगेको बताए ।
तपाईको प्रतिक्रिया