टेलिकमको फोरजी ब्याण्ड ३ र ब्याण्ड २० रेडियो तरंगमा

अर्थ/वाणिज्य

1/5/2020


काठमाडौं, २० पुस । नेपाल टेलिकमले हाल १८०० मेगार्हज(ब्याण्ड ३) र ८०० मेगाहर्ज (ब्याण्ड २०) ब्याण्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराउँदै आएको छ ।
टेलिकमले यी दुवै ब्याण्डको फ्रिक्वेन्सी विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रमा फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउने जनाएको छ ।
अधिकांश मोबाइल सेट १८०० मेगाहर्जमा मात्र चल्ने खालका छन् भने ८०० मेगाहर्जको फोरजी प्रयोग गर्न सकिने मोबाइल सेटको संख्या भने बजारमा सीमित मात्रै उपलब्ध छन् ।
टेलिकमले मुलुकका विकट, दुगर्म र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्ज ब्याण्डमा मात्रै फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ