तिन बैंकबीच सम्झौता

अर्थ/वाणिज्य

1/16/2020


काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंक लिमिटेडबीच आरटीजीएस प्रणालीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बमबहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात् भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ । हाल मुक्तिनाथले ४२ जिल्लामा एक सय ३४ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ