काठमाडौं, ७ माघ । नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सिर्जना राणा निर्वाचित भएकी छन् ।
यसैगरी २५ औं वार्षिक साधारणसभाबाट सदस्यहरुमा अभिमन्यु पोडार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबी रौनियार, सैबाल घोष, सन्दिप अग्रवाल, सुधीर मित्तल, सुनिल केसी निर्वाचित भएका छन् ।
साधारण सभापछि बसेको नव गठित कार्य समितिको बैठकले संघको विधानबमोजिम शशिकान्त अग्रवाल, सौरभ ज्योति तथा करण चौधरीलाई सदस्यमा मनोनयन गरेको छ ।
तपाईको प्रतिक्रिया