नेपाल–भारत पेट्रोलियम पाइपलाइनको काम ६५ प्रतिशत सकियो

अर्थ/वाणिज्य

9/16/2018

काठमाडौं, २२ भाद्र । अमलेखगञ्ज–रक्सौल–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो । परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर र नेपालतर्फ १७ किलोमिटर पाइप विछ्याइसकिएको जानकारी दिए ।

मोतिहारीदेखि रक्सौलसम्म ३२ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ किलोमिटर पाइप गाड्नुपर्ने छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र, जितपुर तथा परवानीपुर बजारमा रहेका घर टहरा नहटाइएका कारण काम हुन सकेको छैन भने परवानीपुरदेखि गण्डकचौकसम्म पानी जम्ने समस्या यथावत रहेकोले काम गर्न समस्या छ ।

सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । १ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमानसहति भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ । पाइपलाई परियोजना सम्पन्न भएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्रयाउन सकिने दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ