नेपालमा शाखा खोल्न भारतको आईसीआईसीआईलाई स्वीकृति

अर्थ/वाणिज्य

2/3/2020

काठमाडौं, २० माघ । पछिल्लो समय नेपालमा विदेशी बैंकहरुले पनि शाखा कार्यालय खोलेर कारोबार गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंकलाई नेपालमा शाखा खोल्न अनुमति दिएको छ ।

यसअघि राष्ट्र बैंकले कतारको सबैभन्दा ठूलो दोहा बैंक र युएइको मस्रेक बैंकलाई पनि नेपालमा प्रतिनिधि कार्यालय खोली काम गर्ने अनुमति दिएको थियो । ती दुवै बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोलेर काम गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आईसीआईसीआई बैंकको प्रतिनिधि कार्यालयले नेपालमा होलसेल बैकिङ कारोबार गर्न, होलसेल बैकिङ कारोबार गर्न सहजीकरण गर्नेछ ।

यसअघि नेपालमा प्रतिनिधि कार्यालय खोल्न अनुमति पाएको युएइको मस्रेक बैंकले पनि सोही काम गर्दै आइरहेको छ । आईसीआईसीआई बैंकमार्फत् नेपाली बैंकहरुले ऋण पनि पाउने छन् ।

बैंकका अनुसार आईसीआईसीआई बैंकलाई अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि नेपालमा प्रतिनिधि कार्यालय खोल्न अनुमति दिइएको हो । यो सँगै नेपालमा तीनवटा विदेशी बैंकहरुले प्रतिनिधि कार्यालय खोल्न अनुमति पाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ