काठमाडौं, २७ पुस । नेपाल बैंक लिमिटेडको ६०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री वासुदेव अधिकारीज्यूको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको बैंकले जनाएको छ ।
उक्त साधारणसभा नेपाल एपीएफ क्लव, हलचोक, काठमाडौमा सम्पन्न भएको थियो । यस अवसरमा बैंकको आर्थिक वर्ष २०७५र७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५र७६ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भएको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया