काठमाडौं, १८ पुस । अर्थशास्त्रमा विधावारिधि गरेका डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका छन् ।
डा.भट्टलाई बुधबारदेखि नै कार्यान्वयनमा आउने गरी प्रवक्ताको जिम्मेवारी सुम्पिएको बैंकले जनाएको छ ।
यसअघि बैंकको प्रवक्तामा बैंकका कार्यकारी निर्दैशक लक्ष्मी प्रपन्न निरौला रहेका थिए । उनको उमेर हदका कारण निरौला अवकाश पाउँदै छन् ।
तपाईको प्रतिक्रिया