नबिल बैंक र आईसीआईसीआईबीच सम्झौता

अर्थ/वाणिज्य

1/6/2020


काठमाडौं, २२ पुस । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था आईसीआईसी बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंस्थित नबिल बैंकको केन्द्रिय कार्यालयमा बैंकका सीइओ अनिलकेशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सिङ इन्स्टिच्युशन ग्रूप प्रमुख रञ्जु सिगटीयाले समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विपे्रषण (रेमिट्यान्स्), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।
सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् ।

नेपालमा नबिल बैंकले बलियो बजार पहुँच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ । यस कारण दुबै बैंक यस समझदारीपत्रमार्फत सहकार्यका लागि एकसाथ हुँदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति)को प्रभावकारीरुपमा लाभ उठाउन दुवै बैंकलाई सहयोग पुग्नेछ । कार्यक्रमका शाहले भने, ‘आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ र दुवै बैंकबीच नलेज सेयरिङ र नेटर्वक सञ्जाललाई थप बलियो बनाउन प्लेटर्फम सिर्जना गर्नेछ, खासगरी भारतसँग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्नेछ ।’

त्यसतै, भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा रहेकाले आईसीआईसीआई बैंकले साझेदार बैकसँग उनीहरुका नेपाली ग्राहकलाई आईसीआईसीआईको उपस्थित भएका भारत तथा अन्य मुलुकका स्थानसम्म जोड्न सक्रियरुपमा काम गरिरहेको रञ्जु सिगटियाले जानकारी गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ