काठमाडौं, ७ माघ । गरिमा विकास बैंकले सोमबार पोखराको लेकसाइडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका हुन् ।
बैंकका अध्यक्ष चन्द्रकान्त बरालले पोखरा क्षेत्रको औद्योगिक, व्यावसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आएको र लेकसाइड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए । बैंकले ९१ शाखा र ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया