पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन प्रस्ताव

अर्थ/वाणिज्य

1/15/2020

काठमाडौं, १ माघ । नेपाल सरकारले सिलिगुढीबाट झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गरिदिन भारतसमक्ष प्रस्ताव गरेको छ ।

भारतको मोतिहारी–अमलेखगञ्ज पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपालले सिलिगुढीबाट झापासम्म अर्को पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन प्रस्ताव भारतसमक्ष राखेको हो ।

भारतको नयाँदिल्लीमा हालै बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा बैठकमा सिलिगुढी–झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार यसका लागि नेपाल आयल निगमले पेश गरेको आयोजना प्रस्तावको आधारमा भारतीय आयल निगमले पाइपलाइनको सम्भाव्यता मूल्यांकन गर्ने सहमति भएको छ ।

नेपाली अधिकारीहरुका अनुसार सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन निर्माण भएमा यसले पूर्वी नेपालमा इन्धन आपूर्तिमा सहज र ढुवानी खर्च पनि कम हुने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ