पाम तेल आयातको अनुमति खुला

अर्थ/वाणिज्य

2/9/2020

काठमाडौं, २६ माघ । नेपालबाट पाम (ताडी) तेल आफनो देश निर्यात गर्न पाउने गरी लगाएको प्रतिवन्ध भारतले फुकुवा गरेको छ ।

नेपालबाट मात्रै प्रशोधित तेल आयात गर्न एक भारतीय आयतकर्ताले अनुमति पाएको उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताए ।

माघ दोस्रो हप्ता पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको थियो । प्रतिवन्ध हटेसँग नेपालले निर्यात प्रवद्र्धनका पक्ष्मा राहत पाएको छ । हाल नेपालको निर्यातमा ‘ट्रान्जिट वस्तु’कै रुपमा भएपनि पामको हिस्सा ठूलो छ ।

पुस २३ गते भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । कास्मिर मुद्दामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको थियो ।

भारतमा भन्दा नेपालमा पाम तेल सस्तो पाउने भएपछि भारतीय व्यवसायीले नेपाली बजारबाट तेल किन्न थालेका थिए ।

अर्कोतर्फ इण्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम तेल आयात गर्दा भारतीय लगानीकर्तालाई ४० प्रतिशत भन्सार शुल्क लाग्छ । तर नेपाली आयातकर्ताले १० प्रतिशत भन्सार तिरेर ती मुलुकबाट तेल आयात गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ