प्राइम बैंकको सभा सम्पन्न

अर्थ/वाणिज्य

1/12/2020


काठमाडौं, २७ पुस । प्राइम कमर्सियल बैंकको विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ ।

सभाले सेयरधनिलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने र कैलाश विकास बैंक लिमिटेडलाई प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंकको सय कित्ता सेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको १४ कित्ता हुने गरी सेयर स्वाप रेसियो कायम गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्त गरेपछि शाखा संख्या एक सय ९९ हुनेछ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ