प्राइम र कैलाशको एकीकृत कारोबार सुरु

अर्थ/वाणिज्य

3/12/2020

काठमाडौं, २९ फागुन । एक समारोहबीच बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात् एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।

प्राइम कमर्सियल बैंकका संचालक समितिका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुबै बैंकका संचालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्ति गरी आफ्नो पूँजी बृद्धि गर्ने योजनाअन्र्तगत कैलाश विकास बैंकलाई प्राप्ति गरिएको हो ।

प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब रु.१३० अर्व तथा कर्जा लगानी रु. ११४ अर्व पुगेको छ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्रमुख आर्थिक गतिविधिहरु हुने स्थानहरुका अतिरिक्त शाखा संजाल देशव्यापी बनेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ