काठमाडौं, २३ माघ । प्रभु बैंक लिमिटेडले तीन शाखाको उद्घाटन एकसाथ कास्कीमा गरेको छ ।
बैंकले कास्कीको पोखरा नगरपालिकाका वडा नम्बर २, १३ र २६ मा शाखा खोलेको जनाएको छ । बैंकले २०८ शाखा, एक सय ५७ एटिएम, ४३ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
वडा नम्बर २ स्थित हरिचोक शाखाको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचन, वडा नम्बर १३ स्थित बाँझापाटन शाखाको सोही वडाका वडाध्यक्ष लेखबहादुर तामाङ तथा वडा नम्बर २६ स्थित अर्घोचोक शाखाको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया