काठमाडौं, २२ माघ । प्रभु बैंकले धर्मस्थलीमा सोमबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त बैंकको धर्मस्थली शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले गरेक हुन् ।
प्रमुख अतिथी श्री रामेश्वर बोहोराले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरे ।
प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिए ।
तपाईको प्रतिक्रिया