धनुषामा प्रभु बैंकको शाखा

अर्थ/वाणिज्य

3/15/2020

धनुषा, २ फागुन । प्रभु बैंकले धनुषामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा शुक्रबार धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालयमा काउन्टर संचालनमा ल्याएको जानकारी दिएको छ ।

धनुषास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले एक समारोहबीच उद्घाटन गरेका हुन् । एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज हुने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ