सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

अर्थ/वाणिज्य

1/8/2020

सिराहा, २४ पुस । प्रभु बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्स्टेन्सन काउन्टरको बुधबार सिराहाका प्रमुख जिल्ला अधिकृत गोपालकुमार अधिकारीले एक समारोहकाबीच उद्धघाटन गरे ।

प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ