‘बाल्ट्राले दसैं ल्यायो’ अफर का विजेता घोषणा

अर्थ/वाणिज्य

2/4/2020


काठमाडौं, २२ माघ । बाल्ट्रा होम एप्लाइन्सेसले दशैंतिहार तथा छठका अवसरमा ल्याएको ‘बाल्ट्राले दशैं ल्यायो’ अफरका विजेता घोषणा गरेको छ ।

योजनाअन्तर्गत कम्पनीले बाल्ट्राका बीग तथा स्मल एप्लाइन्सेसको खरीदमा लक्की–ड्रमार्फत ५१ जना भाग्यशाली ग्राहकका लागि आकर्षक उपहारका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेका थिए । कम्पनीले विजेता ग्राहकको नाम आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको बताएको छ ।

विजयी ग्राहकमध्ये पाल्पाका घनबहादुर सरूले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेसमा बम्पर उपहारस्वरूप बाल्ट्राको ५५ इन्चको स्मार्ट टीभी जित्न सफल भएका छन् ।

त्यसैगरी उक्त योजना अन्तर्गत २ जनाले ४० इन्च र ३ जनाले ३२ इन्चको टेलिभिजन प्राप्त गरेका छन् । यस्तै ५ जनाले साउन्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राइस कुकर र १५ जनाले आइरन जस्ता आकर्षक उपहार जित्न सफल भए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ