रुपन्देही, २४ पुस । मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका ती बस्तीमा ब्ल्याङ्केटको व्यवस्था गरेको हो ।
शितलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले बताएको छ । लुम्बिनी विकास मञ्चको आयोजनामा ‘न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं’ भन्ने नाराका साथ ‘निःशुल्क न्यानोपन अभियान २०७६’ सञ्चालन भइरहेको छ ।
जसमा बैंकले गरेको सहयोगबाट यी समुदायमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएको बैंकको भनाइ छ ।
तपाईको प्रतिक्रिया