भारततर्फ नेपालको निर्यात बढ्यो

अर्थ/वाणिज्य

12/4/2019

काठमाडौं, १८ मंसिर । भारततर्फ नेपालको निर्यात बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो ।

नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ ।

चीन र अन्य मुलुकसँग भने निर्यात घटेको छ । गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा सात खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ