काठमाडौं, २७ फागुन । कोरोना भाइरस संक्रमण प्रभावले नेपालका विभिन्न नाकाबाट आउने चिनियाँ सामग्रीको आयात घटेको छ । केही नाकामा आयात ठप्पप्रायः नै छ ।
चीनसँग आयातनिर्यात हुने प्रमुख रसुवागढी नाका केही समययता बन्द छ । भारत हुँदै आउने सामग्रीको आयात पनि घटेको छ ।
चीनमा कोरोना संक्रमण बढेको र उसले अन्य मुलुकमा निर्यात गर्ने वस्तु नपठाएपछि यस्तो समस्या देखिएको व्यवसायी बताउँछन् । गत वर्ष माघसम्मको तुलनामा यस वर्ष चिनियाँ सामान आयातमा ३१ प्रतिशत ह्रास आएको छ ।
व्यवसायीहरुका अनुसार कोरोना भाइरसका कारण भारतलगायत अन्य मुलुकसँगको आयातनिर्यातमा कुनै प्रभाव परेको छैन तर चीनबाट भने एक महिनादेखि एक कन्टेनर पनि सामान लोड भएको छैन । पहिल्यै लोड भएर सडकमा रहेका सामान मात्र छिटफुट रूपमा आइरहेको छ ।
चीनबाट लत्ताकपडा, गार्मेन्टको कच्चा पदार्थ, इलेक्ट्रिक सामान, जुत्ताचप्पल, स्टेसनरी सामान, केमिकल, खेलौना, फलफूल र औद्योगिक कच्चा पदार्थ आयात हुन्छ ।
तपाईको प्रतिक्रिया