काठमाडौं, २१ माघ । चालू आर्थिक वर्षमा भारतले २ वटा वटा पर्यटनसम्बन्धी उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ १३ गतेसम्म चीनले ५२ र भारतले दुई उद्योगमा लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।
चिनियाँ लगानीकर्ताले ५२ उद्योगमार्फत ७ अर्ब ३७ करोड लगानी गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै भारतीय लगानीकर्ताले २ उद्योगमार्फत १५ करोड लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माघ १३ सम्म कुल ६० वटा पर्यटनमूलक उद्योगमा वैदेशिक लगानी गर्ने प्रतिबद्धता हुँदा चीनका ५२, भारतका २, फ्रान्सका २ र जापान, मलेसिया, पोल्यान्ड, अमेरिकाका १–१ उद्योग दर्ता भएका छन् । प्रतिबद्धताअनुसार कुल वैदेशिक लगानी ८ अर्ब ७ करोड रहेको छ ।
तपाईको प्रतिक्रिया