काठमाडौं, ६ फागुन । सुजुकी मोटरसाइकल इन्डियाले सोमबार बीएस ६ मापदण्डको ‘ब्रजमन स्ट्रिट स्कुटर’ सार्वजनिक भएको छ । १२५ सीसीको पेट्रोल इन्जिन भएको फ्युल इन्जेक्सन प्रविधियुक्त स्कुटर सार्वजनिक भएको हो। भारतमा यसको मूल्य ७७ हजार ९ सय भारु रहेको छ ।
स्कुटरको अधिकतम पावर ८.६ बीपीएच र १०.२ एनएम टर्क पावर जेनेरेट गर्ने कम्पनीले दाबी गरेको छ । ५३.५ किमि प्रतिलिटर कुद्न सक्ने दाबी गरिएको स्कुटर सेल्फ र किक दुवै तरिकाबाट स्टार्ट गर्न सकिन्छ।
स्कुटर सेतो, खैरो र कालो रंगमा रहेको छ । फ्युल ट्याङ्क क्यापासिटी ५.६ लिटर रहेको छ । प्रतिसिलिन्डर २ वटा भल्भ रहेको बताइएको छ । ग्राउण्ड किलियरेन्स १६० एमएम रहेको छ ।
तपाईको प्रतिक्रिया