भारतीय अर्थतन्त्रमा कोरोनाको कहर

अर्थ/वाणिज्य

3/7/2020

काठमाडौं, २४ फागुन । चीनको केन्द्र हुबेइबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण संसारभर फैलिन थालेको छ ।

यसको असर मानव मात्र परेको छैन, विश्वको अर्थतन्त्रमा पनि पर्न थालेको छ । कोरोना भाइरस संक्रमित बढेसँगै आर्थिक क्षेत्र पनि धराशायी हुने देखिएको छ ।

त्यसैगरी, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आर्थिक वृद्धिमा भारी गिरावट आउने चेतावनी दिएको छन् ।

यसले आर्थिक क्षेत्रमा कस्तो प्रभाव पार्छ भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विश्लेषण पनि गरिसकेका छन् ।

कोरोना भाइरको कारणले भारतमा २.५ हजार करोडको नोक्सान भएको आशंका गरिएको छ । भारतीय २० अर्ब ५ करोडको व्यापार घाटा अनुमान गरिएको हो ।

त्यसैगरी, युरोपियन युनियनको १.१ लाख करोड रुपैयाँ घाटा भएको अनुमान गरिएको हो । जुन भारतको भन्दा ४४ गुणा बढी हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ