काठमाडौं, १५ चैत । कोरोना भाइरस र यसको आर्थिक प्रभाव कम गर्न भारत सरकारपछि केन्द्रीय बैंकले पनि राहत प्याकेज घोषणा गरेको छ ।
भारतीय रिजर्भ बैंकले नीतिगत ब्याज अर्थात् रिपोदर ०.७५ प्रतिशतले घटाएको हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले रिपोको अहिलेको दरमा ७५ आधार अंकले कम गरी ४.४ प्रतिशत कायम गरेको जानकारी गराए यसबाट घर कर्जालगायत अन्य कर्जाको मासिक किस्ता कमी आउने विश्वास गरिएको छ ।
आर्थिक प्रभाव गर्न आरबीआईदे यसअघि पनि नीतिगत ब्याजदर कम गरेको थियो । आरबीआईले बैंकको ब्याजदरमा पनि कटौती गर्ने निर्देशन दिएको थियो ।
यसैगरी रिभर्स रिपो दरमा ९० आधार अंक अर्थात् ०.९ प्रतिशत कम गरिएको छ । अब रिभर्स रिपोदर ४ प्रतिशत हुनेछ । यसैगरी नगद सञ्चिति अनुपात १ वर्षका लागि १ प्रतिशतले कम गरिने भएको छ ।
यो कमीले अर्थतन्त्रमा थप १३ खर्ब ७० अर्ब भारु बराबरको प्राथमिक तरलता प्रवाह हुने बताइएको छ । आरबीआईले दैनिक न्यूनतम नगद सञ्चिति अनुपात सन्तुलन ९० प्रतिशतबाट ८० मा झार्ने निर्णय पनि गरेको गभर्नर दासले बताएका छन् ।
आरबीआईले बैंकहरुलाई एनएसआरएफ र पुँजी संरक्षण बफर पालना गर्न अक्टोबर १ सम्मको समय दिएको छ । आरबीआईले पुँजीबजार जोगाउन पनि केही कदम चाल्ने घोषणा गरेको छ ।
तपाईको प्रतिक्रिया